सर्वोच्चको आदेशमा छुटेका विप्लव समूहका नेता अदालतको गेटबाटै पक्राउ

काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा छुटेर गेटमा पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला अदालतको गेटबाटै सोमबार पक्राउ परेका छन्। 

न्यायाधीशहरू मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनलाई छोड्न आदेश दिएको थियो। 

सर्वोच्चले यसअघि उनलाई चारपटकसम्म छोड्ने आदेश गरिएको थियो। आदेश आउनासाथ उनलाई फेरि पक्राउ गरिएको हो। गैरकानुनी रूपमा कसैलाई आस्था राखेकै भरमा थुनामा राख्न नहुने भन्दै उनलाई छोड्न आदेश दिइएको थियो।

फरक विचार र आस्था राखेको कारण चौथोपटक पक्राउ गरी सुनसरी लगी उनलाई थुनामा राखिएको छ।

राजनीति अपराध

सर्वोच्चको आदेशमा छुटेका विप्लव समूहका नेता अदालतको गेटबाटै पक्राउ

प्रकाशित: सोमबार, फागुन १०, २०७७ १८:४३
सारांशमा :
  • गैरकानुनी रूपमा कसैलाई आस्था राखेकै भरमा थुनामा राख्न नहुने भन्दै उनलाई छोड्न आदेश दिइएको थियो।
पूरा पढ्नुहोस्

सिफारिस