प्रिमियर लिगमा क्रिष्टल प्यालेसको महत्वपूर्ण जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले महत्वपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले हराएको हो । 

ब्राइटनकै मैदानमा क्रिष्टल प्यालेसलाई जिताउन जिन–फिलिपे माटेटा र क्रिष्टियन बेन्टेकेले एक एक गोल गरे । 

खेलको २८ औं मिनेटमा माटेटाले गोल गर्दै क्रिष्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । 

तर ५५ औँ मिनेटमा ब्राइटनका लागि डिफेन्डर जोएल वेल्ट्म्यानले बराबरी गोल फर्काए । तर इन्जुरी समयको पाँचौं मिनेटमा क्रिष्टियन बेन्टेकेले गोल गर्दै क्रिष्टल प्यालेसलाई महत्वपूर्ण तीन अंक दिलाए । 

जितपछि २५ खेलबाट ३२ अंकसहित क्रिष्टल प्यालेस १३ औं स्थानमा उक्लिएको छ भने ब्राइटन २६ अंकसहित १६ औं स्थानमा छ ।
 
खेलकुद

प्रिमियर लिगमा क्रिष्टल प्यालेसको महत्वपूर्ण जित

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ ०६:२६
  • इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसले महत्वपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा क्रिष्टल प्यालेसले ब्राइटनलाई २–१ गोल अन्तरले हराएको हो । 

सिफारिस