युभेन्टस महत्वपूर्ण जितसहित तेस्रो स्थानमा, रोनाल्डोले गरे दुई गोल
काठमाडौं। युभेन्टस महत्वपूर्ण जितसहित इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ ।
युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने वेस्टन म्याकेनीले एक गोल गरे । गएराति भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३–० ले पराजित गरेको हो ।
खेलको ३८ औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले हेडमार्फत उत्कृष्ठ गोल गरेपछि युभेन्टसले पहिलो हाफमा नै २–० को अग्रता लिएको थियो । वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरेपछि युभेन्टस सहज जित हात पार्न सफल भयो ।
यो सिजन सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका रोनाल्डोले सिरी ए मा हालसम्म ७० गोल गरेका छन् ।
गएरातिको जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । २३ खेलबाट ५३ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा छ ।
खेलकुद

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ ०६:४३
सारांशमा :
- युभेन्टस महत्वपूर्ण जितसहित इटालियन सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे भने वेस्टन म्याकेनीले एक गोल गरे ।
पूरा पढ्नुहोस्