पल शाहलाई श्रीमान् भन्दै फ्यानले मानसिक सन्तुलन गुमाएपछि...

काठमाडौं। चर्चित अभिनेता तथा मोडल पल शाहले आफ्नो ३० औं जन्मदिन मनाए। जन्मदिनको अवसरमा उनी चितवनमा रहेको एक आश्रमको उद्घाटन गर्न पुगे। 

त्यस्तै जन्मदिनको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रममा पनि सहभागी भए। चितवनमा रहँदा उनलाई ठूलो समस्या आइलाग्यो। जन्मदिनमा रमाइलो गर्न चितवन पुगेका उनी एक घटनाका कारण भने चिन्तित बने। 

त्यसको कारण हो, एक जना महिला फ्यान पललाई आफ्नो श्रीमान मान्दै आएकी छिन्। त्यतिमात्र नभएर त्यही कारण उनको मानसिक सन्तुलन गुमेको छ। 

आठ वर्ष इजरायल बसेकी अन्दाजी ३५ वर्षीया ती महिला पललाई आफ्नो श्रीमान भएको दाबी गर्दै आएकी छिन्। 
एक वर्ष अगाडिदेखि चितवन महिला उपचार केन्द्रमा राखेर उपचार भइरहेको छ। उपचारका क्रममा पनि उनले पललाई आफ्नो श्रीमान दावी गर्दै आएकी हुन्। 

जन्मदिनको अवसरमा चितवन पुगेका पलले ति महिलालाई भेट गरेका छन्। भेटको क्रममा उनले लामो समय अंगालो हालेर हग गर्नुका साथै रोएकी थिइन्। 

जतिबेला पनि उनी पल शाहको नाम लिइरहन्छिन्। केही कुरा गर्दा पनि पल शाहको नाम लिएर गर्नुुपर्छ। पलको नाम लिएर मात्र खाना समेत खुवाउनुपर्छ। 

जहिले पनि उहाँ (पल) आउनुभयो भने रिसाउनुहुन्छ, उहाँ कहिल्यै पनि आउनुहुन्न मात्रै भनिरहन्छिन्। तपाईको श्रीमान को हो ? भन्दा पल शाह हो भन्छिन्। उपचार केन्द्रले अहिले उनको अवस्था सुधारोन्मुख रहेको जनाएको छ। पलले उनको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका थिए। 

यो घटनाबारे यसअघि केही जानकारी थिएन। चितवनमा आएपछि मात्र घटनाबारे जानकरी पाएको पलको भनाइ छ। चितवनमा जन्मदिन मनाउन पुगेका पलले उनको स्वास्थ्य अवस्था बुझ्न उपचार केन्द्रमा पुगेका थिए। त्यही क्रममा उनको स्वास्थ्य अवस्थाबारे जनकारी लिइएको पलले बताए। 

सन् १९९० फेब्रुअरी २२ तारिखमा दाङमा जन्मिएका पलले हिजो ३० औं जन्मदिन मनाएका हुन्।  चितवनमा एक आश्रमको उद्घाटन गरेका थिए। उनले त्यो आश्रममा दुई वटा टहरा आफैंले बनाएका थिए। सामाजिक कार्यमा समेत सक्रिय रहेका पलले लकडाउनमा समस्यामा परेकालाई समेत सहयोग गरेका थिए।    

उनले चलचित्र प्राविधिकलाई पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका थिए। त्यस्तै, बाढी प्रभावितहरुको सहयोगका लागि कालीकोट, धादिङ लगायतका क्षेत्रमा पनि पुगेका थिए।  
 
मनोरञ्‍जन

पल शाहलाई श्रीमान् भन्दै फ्यानले मानसिक सन्तुलन गुमाएपछि...

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ ११:४१
  • पल शाहलाई आफ्नो श्रीमान मान्दै आएकी एक महिलाको उपचार भइरहेको छ। 
  • पल शाहले हिजो ३० औं जन्मदिन चितवनमा मनाएका छन्। आफलाई श्रीमान् भन्दै आएकी महिलासँग भेट गरेका छन्। 

सिफारिस