सुनको मूल्य ११ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो
काठमाडौं। नेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो।
जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार यसको भाउ ८९ हजार रुपैयाँ कायम थियो।
यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार एक सय ५० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।
हिजो सोमबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँ कायम थियो।
अर्थतन्त्र
सुनको मूल्य ११ सयले बढ्यो, चाँदी पनि उकालो लाग्यो
प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १२:१२
- नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो।
- सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँ कायम छ।