परिसंघको ‘मेकइन नेपाल’ अभियान, प्रत्येक वर्ष एक हजार उद्योग स्थापना गर्ने

काठमाडौं। नेपाल उद्योग परिसंघले ‘मेकइन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। परिसंघले स्वदेशी उत्पादनको उपभोग र उपयोगलाई बढावा दिने लक्ष्यका साथ ‘मेकइन नेपाल’ अभियान सुरु गरेको हो।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन, नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित ‘मेकइन नेपाल’ अभियान सुरु गरेको बताए।

सरकारको सहयोग र सहकार्यमा संचालन गरिने अभियानले औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने अध्यक्ष मोरको भनाई छ।

“मुलुकको उद्योग व्यवसाय कोभिडका कारण प्रतिकुल अवस्थामा छ। सरकार र निजी क्षेत्र दुवैले महामारीबाट रोजगारी र व्यवसाय बचाउन प्रयासरत छन्”, उनले भने।

प्रत्येक वर्ष एक हजार उद्योग

परिसंघले सुरु गरेको अभियानले प्रत्येक वर्ष एक हजार वटा उद्योग सञ्चालनमा ल्याउने मूख्य लक्ष्य लिइएको छ। यसैगरी, कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ सम्म २२ र २०३० सम्म २६ प्रतिशत योग्दान पु¥याउने बताइएको छ।

यसका साथै, प्रत्यके वर्ष डेढ लाख रोजगारी सृजना गर्ने, आगामी ५ वर्षमा नेपालको ४.३ अर्ब डलरको निर्यात गर्ने लक्ष्य समेत अभियानको छ। परिसंघले सुरु गरेको ‘मेकइन नेपाल’को नारा ’हाम्रो सामान, हाम्रै स्वाभिमान’ छ।

परिसंघका प्रमुख आर्थिक सल्लाकार डा.विश्व पौडेलले व्यवसायमैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन एवं सहयोग गरेर, सेवा क्षेत्रलाई आधुनिकीकरण गरेर र सर्वसाधारणमा स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान चलाएर अभियानका लक्ष्य हासिल गर्न सक्ने बताए।

“हामीले पाँच वर्षमा ‘डुइङ बिजनेस इन्डेक्स’ मा ३० औं स्थान माथि उक्लने लक्ष्य लिन सक्छौं। यसका लागि व्यवसाय सुरु गर्ने प्रक्रियालाई सहज बनाउने र डिजिटलाइजेसनलाई प्रोत्साहित गर्नुपर्छ,”, उनले भने।

यस्तै, परिसंघका उपाध्यक्ष अनुज अग्रवालले नेपालमा बनेको सेवा वा वस्तुलाई प्राथमिकता दिने गरी राष्ट्रिय अभियान सुरु गरेको बताए। उनले भने, “आजका नेपाली सेवा र वस्तु विश्वस्तरीय बनिसकेको छ। नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी छैन, मात्र उपभोक्ताको सोचमा परिवर्तन ल्याउन जरुरी छ।”
 
अर्थतन्‍त्र

परिसंघको ‘मेकइन नेपाल’ अभियान, प्रत्येक वर्ष एक हजार उद्योग स्थापना गर्ने

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १२:३०
  • परिसंघले सुरु गरेको ‘मेकइन नेपाल’ अभियानले प्रत्येक वर्ष एक हजार उद्योग सञ्चालनमा ल्याउने र डेढ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ।
  • यस्तै, प्रत्यके वर्ष डेढ लाख रोजगारी सृजना गर्ने, आगामी ५ वर्षमा नेपालको ४.३ अर्ब डलरको निर्यात गर्ने लक्ष्य समेत अभियानको छ।

सिफारिस