कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं। झापाको दमकमा कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोप लागेका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले ५५ वर्षीय सरे राईलाई पक्राउ गरेको हो। उनी श्रीमती विष्णुमायाँ तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका हुन्।

आज बिहान अन्दाजी ५ बजेतिर उनले कुटपिट गरेर श्रीमती विष्णुमायाँको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाले बताए।

सरेलाई इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरको संयुक्त टोलीले दमक नगरपालिका वडा नम्बर– २ मा रहेको एक घरमा लुकिछिपी बसेको अवस्थामा बिहान ९ बजे पक्राउ गरेको हो।

उनलाई अहिले प्रहरीले इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। कुटपिट र कर्तव्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थाल्ने डीएसपी थापाले बताए।

आजै जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिएर अनुसन्धानलाई अगाडि बढाउने प्रहरीको तयारी छ। कुटपिट गरेर हत्या गर्नुको कारण भने खुल्न बाँकी छ।

उनीहरू दमक नगरपालिका वडा नम्बर – ३ मा रहेको भुटानी शरणार्थी शिविर सेक्टर ‘डि’ ४ छाप्रो नम्बर ३९ मा बस्दै आएका थिए।
 
समाज

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १३:२८
  • ५५ वर्षीय सरे राई पक्राउ परेका हुन्। श्रीमती विष्णुमायाँ तामाङलाई कुटपिट गरी आज बिहान अन्दाजी ५ बजे हत्या गरेको सरेलाई आरोप लागेको छ। 

सिफारिस