अफगानिस्तानमा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु

काबुल। अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। 

भारत सरकारले उपलब्ध गराएको कोभिसिल्ड पाँच लाख डोजबाट खोप अभियान शुरु भएको हो। अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइनेछ। 

राष्ट्रपति अश्रफ घानीले खोप अभियान शुरु गर्दै पहिलो चरणको खोप अभियान शुरु भएको र यो अफगानी जनताका लागि ठूलो अवसर रहेको बताए।

अफगानिस्तानमा करिब ५५ हजार ६०० व्यक्ति कोरोना संक्रमित भएका र तीमध्ये दुई हजार ४३० जनाको मृत्यु भएको थियो।

रासस/एएफपी

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १४:२६
सारांशमा :
  • अफगानिस्तानमा मङ्गलबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। 
  • अफगान सरकारका अनुसार उक्त खोप पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी र पत्रकारहरुलाई दिइनेछ। 
पूरा पढ्नुहोस्

सिफारिस