ज्ञानेन्द्रविक्रम शाह एन्टीडोपिङ अर्गनाइजेसनमा मनोनित

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् खेलकुद चिकित्सा तथा अध्ययन केन्द्रमा विज्ञका रूपमा कार्यरत डा. ज्ञानेन्द्रविक्रम शाह नेपालको तर्फबाट दक्षिण एशियाली क्षेत्र एन्टीडोपिङ अर्गनाइजेशन (एसए-राडो)को बोर्ड सदस्य तथा अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ कमिसनको सदस्यमा मनोनयन भएका छन्।

शाहलाई सन् २०२० देखि २०२४ सम्म चार वर्षका लागि उक्त बोर्डमा मनोनयन गरिएको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव प्रेमराज खरेललाई उद्धृत गर्दै परिषद्ले जनाएको छ। 

एसए राडोको बोर्ड सदस्यको हैसियतमा डा. शाहले नेपालमा एन्टीडोपिङसम्बन्धी गतिविधिहरूको अध्यन-अनुसन्धान र प्रचार-प्रसार गर्नुका साथै संस्थाले गरेका एन्टीडोपिङ सम्वन्धि कार्यहरूको नियमित अद्यावधिक प्रतिवेदन मन्त्रालयलाई प्रस्तुत गर्नुपर्नेछ।

नेपालमा हालसम्म एन्टीडोपिङको कुनै संस्था नभएका कारण त्यससम्बन्धी कामहरू नेपाल ओलम्पिक कमिटी (एनओसी)मार्फत् हुँदै आएको छ। एन्टीडोपिङको संस्था सञ्चालन गर्न निकै ठूलो रकम आवश्यक पर्ने भएकाले ढिलाइ भइरहेको खेलकुद मन्त्रालय तथा परिषद्का पदाधिकारीहरूले बताउने गरेका छन्।

हाड तथा जोर्नीविज्ञ डा. शाह नेपालकै पहिलो अस्पताल वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत छन्।

खेलकुद

ज्ञानेन्द्रविक्रम शाह एन्टीडोपिङ अर्गनाइजेसनमा मनोनित

प्रकाशित: मंगलबार, फागुन ११, २०७७ १५:०७
  • डा. शाह नेपालका तर्फबाट चार वर्षका लागि एसए-राडोको बोर्ड सदस्यमा मनोनित भएका छन्।
  • अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघको एन्टीडोपिङ कमिसनको सदस्यमा पनि डा. शाहलाई मनोनित गरिएको छ।
  • राष्ट्रिय खेलकुद परिषद्को चिकित्सा तथा अन्ययन केन्द्रमा विज्ञका रूपमा कार्यरत डा. शाह वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यरत छन्।

सिफारिस