लोकतन्त्रको महत्त्व नबुझेको पुस्ता र कम्युनिस्ट राज

नेपाली कांग्रेस यति पुरानो पार्टी भएर पनि यसले के गर्‍यो भन्‍ने प्रश्न निरन्तर उठिरहन्छ। कांग्रेसलाई सामन्तहरुको पार्टी भन्‍ने आरोप पनि लाग्दै आएको छ। तर, यसमा कुनै तथ्य छैन। विशेष गरी निर्वाचनमा विपक्षी पार्टीले यस्तो निराधार प्रचार गर्दै आएका छन्। 

अहिलेको हाम्रो पुस्ता लोकतन्त्रमै हुर्केको भएर होला आफूसँग भएको स्वतन्त्रताको मूल्य र त्यसको महत्त्वबारे एक हिसाबले अनभिज्ञजस्तै रह्यो। यो पुस्तालाई कहिल्यै अहिले पाइरहेको स्वतन्त्रताको मूल्य ठूलो लागेन। अघिल्लो पुस्ताको वलिदानीबाट प्राप्त भएकाले होला हामीलाई यस्तो महसुस भएको। आमा–बाबुको मेहनत र पसिनाबाट थालमा पस्किएको खानामा खोट खोजे झैं हाम्रो पुस्ताले लोकतन्त्रमा पनि खोट खोजिरहेको छ। त्यही कारण हो नेपाली कांग्रेस र लोकतन्त्रबारे पनि उतिविधि चासो बढेको देखिँदैन। कांग्रेस किन र केका निम्ति आवश्यक छ भन्‍ने कुरा नै हाम्रो पुस्ताले बुझ्‍न चाहेको देखिँदैन। 

भर्खर ३० वर्ष काटेको एउटा युवा हुनुको नाताले मैले पनि स्वतन्त्रता सहजतामै पाएको छु। मेरा लागि प्राप्त स्वतन्त्रता भनेको आमा–बुवाको मेहनतबाट आर्जित ‘थालमा पस्किएको खाना’को स्वादजस्तै भएको छ। यति हुँदाहुँदै पनि मलाई यो स्वतन्त्रता कसले दिएको हो भन्‍ने थाहा छ। नेपाली कांग्रेस नागरिक स्वतन्त्रता, बहुलवाद, भयमुक्त समाज र धार्मिक स्वतन्त्रताका निम्ति जन्मेको राजनीतिक दल हो। अहिले नेपाली राजनीतिमा चर्चित यी शब्दावलीलाई राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न कांग्रेसले ठूलो त्याग र वलिदान गरेको छ। समकालीन राजनीतिक परिदृश्य एवम् घटनाक्रमले यो यथार्थलाई थप स्पष्ट पारेको तथ्य युवा पुस्ताले बुझ्‍नु जरुरी छ।

निर्मला हत्याकाण्ड, उखु किसान आन्दोलन, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रह, रामचन्द्र निषेधित काण्ड, झाँक्री काण्ड। पछिल्लो समय नेपाली समाजलाई निरन्तर झस्काइरहने, आक्रोशित बनाइरहने, निराश पारिरहने केही प्रतिनिधि घटना हुन् यी। भ्रष्टाचार, कुशासन र अधिनायकवादउन्मुख ठूल्ठूला राजनीतिक अपराधहरुका बग्रेल्ती घटनाक्रमहरुले एउटा सकारात्मक सोच राख्‍ने आशावादी युवालाई चरम निराशामा पुर्‍याइसकेको छ।   

देशलाई जहानियाँ राणा शासनबाट मुक्त गराउँदै आजको लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा डोर्‍याउने क्रममा कांग्रेसको भूमिकाबारे चर्चा गर्नुअघि अहिलेको नेपाली समाजमा चर्चामा रहेका केही काण्ड स्मरण गर्नु सान्दर्भिक होला। निर्मला हत्याकाण्ड, उखु किसान आन्दोलन, चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको सत्याग्रह, रामचन्द्र निषेधित काण्ड, झाँक्री काण्ड। पछिल्लो समय नेपाली समाजलाई निरन्तर झस्काइरहने, आक्रोशित बनाइरहने, निराश पारिरहने केही प्रतिनिधि घटना हुन् यी। भ्रष्टाचार, कुशासन र अधिनायकवादउन्मुख ठूल्ठूला राजनीतिक अपराधहरुका बग्रेल्ती घटनाक्रमहरुले एउटा सकारात्मक सोच राख्‍ने आशावादी युवालाई चरम निराशामा पुर्‍याइसकेको छ।   

एकपटक गम्भीर भएर मनन गरौं त!

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार र समग्र कम्युनिस्ट नेतृत्वप्रति आमकार्यकर्तासम्म कस्तो बुझाइ थियो? निर्मला हत्याकाण्ड, उखु किसानको आन्दोलन र डा. केसीका सत्याग्रहसम्ममात्र हुन्जेल कम्युनिस्ट कार्यकर्तालाई मौलिक अधिकार अनि वाक्स्वतन्त्रताको कत्ति पनि वास्ता र पर्वाह थिएन। स्मरण रहोस्, चुनावको समयमा झाँक्रीले अरुलाई तर्साएको, धम्काएको अडियो सार्वजनिक भयो। त्यो बेला यी कम्युनिस्ट कार्यकर्ता कसैलाई पनि मौलिक हक, वाक्स्वतन्त्रता हनन् भयो भन्‍ने बोध भएन। संविधानले दिएको अधिकार पालना गर्नु असल र सभ्य नागरिकको कर्तव्य हो भन्‍ने चेत खुल्ने अपेक्षा त कसरी गर्नु?

त्यतिबेला कम्युनिस्ट नेतादेखि कार्यकर्तासम्ममा थियो त केवल शक्तिको भोक मात्रै। शक्ति! शक्ति! केवल शक्ति!। शक्तिले सत्ता दिन्छ र सत्ताले सुरक्षा अनि विभिन्‍नखाले फाइदा! त्यो सत्ता र सुरक्षा आफ्ना लागि हो। केवल आफ्नो लागि। आफू सुरक्षित भएपछि लोकतन्त्र किन चाहियो भन्‍ने चिन्तन नेपालका कम्युनिस्टहरुमा व्याप्त थियो। शक्ति र सत्ता त सोचियो। तर त्यसको व्यवस्थापन नगर्दा वा गर्न नजान्दा आउने परिणामबारे कहिल्यै सोचिएन। त्यसैको परिणाम अहिले कम्युनिस्टहरुले भोगिरहेका छनु। कम्युनिस्टहरुले मात्र नभई पूरा देश र लोकतन्त्रले भोगिरहेको छ। त्यही शक्तिले अहिले नेपाली राजनीतिलाई एउटा कठिन मोडमा पुर्‍याएर दुर्घटनाग्रस्त बनाएको छ।

निर्मलाका लागि न्याय माग्दा बर्साएको लट्ठीले कुनै कम्युनिस्ट नेता अनि कार्यकर्ताको छाती पोलेको थिएन। एउटी नेपाली छोरीको त्यस्तो मरणमाथि आँखा रसाएन। तर, अहिले जब आफ्नै संस्थापनले पेल्यो, बालुवाटारमा पानी छ्याप्यो, लट्ठी बजार्‍यो, पक्राउ गर्‍यो अनि मात्रै ती निर्मलाको लागि झर्न कन्जुस्याइ गरेका आँसु बलिन्द्र रुपमा झर्न थाले। बल्ल कमरेडहरुलाई संविधानका धारा, उपधारा अनि मौलिक अधिकारहरु याद आउन थाल्यो।

कांग्रेस त २०६२÷६३ मा पनि सर्वसत्तावादविरुद्ध लडेकै हो। राणा, राजा वा अन्य सबैखाले निरंकुशताविरुद्धका आन्दोलनलाई सधैं नेतृत्व गरेको कांग्रेस आवश्यक परे अबका दिनमा पनि लड्नेछ। तर, अबका दिनमा हरेकखाले निरंकुशताविरुद्धको लडाइँको नेतृत्व गर्दा कांग्रेसले स्वतन्त्रताको खोल ओढेर आफ्नै सर्वसत्तावादको सपना देख्‍ने ढोँगीहरुसँग सहकार्य गर्नु हुन्‍न। आन्दोलनका बाचा बिर्सेर घात गर्ने धोकेबाजहरुसँग मिलेर होइन, अबको आन्दोलन कांग्रेसले आफ्नै बल र बर्कतमा गर्नुपर्छ। आवश्यकै परे समावेशी राजनीतिक सहभागिता, बहुलवाद, नागरिक स्वतन्त्रता, राजनीतिक संस्कृतिलाई उच्च प्राथमिकता दिने र लोकतन्त्रमाथि बिर्सेर पनि धावा नबोल्ने दलसँगमात्र सहकार्य गर्नुपर्छ। छलकपट, झुट र स्वार्थको स्कुलमा हुर्केकाहरुसँगको सहकार्य अब कांग्रेसीजनसँगै नेपाली जनतालाई कदापि स्वीकार्य हुने छैन। आफ्नै दलभित्र किचलो भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको एउटा समूह अचेल आन्दोलनमा कांग्रेसको सहकार्य अपेक्षा गरिरहेको छ। त्यसका लागि कांग्रेसको पार्टी कार्यालय र सभापतिको निवाससम्म धाइरहेको छ। तर, धोकाको स्कुलमा पढेका कम्युनिस्टहरुले बुझ्‍नु जरुरी छ कि, ‘न हिजो बीपीले कम्युनिस्ट विचारसँग सम्झौता गरे, न अबको कांग्रेसले नै गर्छ।’

कांग्रेसको नजरमा मानवअधिकार ज्यानमारा कैदीको लागि समेत सुरक्षित हुनुपर्छ। नेपालका कम्युनिस्टहरु लोकतन्त्रका लागि प्रतिबद्ध छन् या उपयोगमात्रै गरिरहेका हुन् भन्‍ने प्रश्न अब राजनीतिशास्त्रका विद्यार्थीका लागि अध्ययनको विषय रहेन। उनीहरुको कार्यनीति र रणनीतिक चरित्रले कम्युनिस्टहरु लोकतन्त्रको नाम जप्दै निरंकुशता लाद्‍न चाहन्छन् भन्‍ने प्रष्ट पारिसकेको छ। कम्युनिस्ट गृहमन्त्रीले निर्मला प्रकरणमा दिएको अभिव्यक्ति होस् या सत्याग्रही डा. केसीमाथि गरिएको अभद्र व्यवहार अनि यस्ता घटनामा चुइँक्क नबोल्ने कमरेडहरुको मौनबाट बुझ्‍न सकिँदैन र? कम्युनिस्टहरु लोकतन्त्रका उपयोग मात्रै गर्छन् ती लोकतन्त्रवादी होइनन् भन्‍ने बुझ्‍न अरु कति निर्मलाहरुले ज्यान गुमाउनुपर्ने हो? कति सत्याग्रहीहरु  अपमानित हुनुपर्ने हो? कति किसानले ज्यान दिनुपर्ने हो? 

यस्ता अवसरवादी र स्वार्थी नेता–कार्यकर्ताका कारण सामाजिक न्याय र लोकतन्त्रमात्र खतरामा पर्ने होइन, स्वयम् कम्युनिस्टहरुको पनि भलो सम्भव छैन। बुर्जुवा व्यवस्थामा बलात्कार हुन्छ भन्‍ने सरकारले सत्यागग्रहीलाई लट्ठी बर्साउनु, ठग व्यापारीलाई प्रोत्साहन दिनु, फरक मत राख्‍ने विपक्षी नेता रामचन्द्र पौडेललाई प्रशासन देखाएर तर्साउनु कुनै नौलो घटना थिएन। तीन वर्षअघिको चुनावी आमसभामा कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुको चरित्रमाथि भविष्यवाणी गरिसकेका थिए। देउवाले भने झैं देश अधिनायकवादको भुमरीमा फस्दै गएको अहिले आमजनतासँगै कम्युनिस्टहरु स्वयम्लाई पनि लाग्‍न थालेको छ।

अहिले संविधान मिचिनुमा एउटा व्यक्ति ओलीको मात्र दोष होइन। पार्टी फुटेपछी ओली प्रवृत्ति भन्दै सबै दोष उनीमाथि थोपरेर आफू चोखिन खोज्‍ने प्रचण्डलाई ओलीको जग पनि प्रचण्डको जस्तै मार्क्सवादी–लेनिनवादी नै हो भन्‍ने बुझाउन जरुरी छ। मान्छेले सदैव आफ्नो प्रवृत्ति अनुरुपको विचार छान्दछ र सोही विचार बोकेर हिँड्छ। वास्तवमा समग्र कम्युनिस्ट मेनिफेस्टो नै बहुलवादसहितको राजनीतिक स्वतन्त्रताको विपक्षमा छ भने प्रचण्डका लागि ओली मात्र लोकतान्त्रिक किन भैदिनुपर्ने?

कुरो मिल्दासम्म कमरेडहरुको मुख बन्द थियो। स्वतन्त्रता र लोकतन्त्रभन्दा उनीहरुलाई पार्टी अनुशासन ठूलो थियो। पहेँला र राता कमरेडहरु एक भएर मुठ्ठी बजार्दै निस्किएपछि पार्टी बलियो भएको थियो। ‘अब कसैको विरोधले कम्युनिस्टको भित्ता चर्किंदैन। दुईतिहाइबाट बहुलवाद सक्ने अनि देशमा अब सबै कम्युनिस्ट र सधैं कम्युनिस्ट भन्दै’ नारा लगाउँदा ओली, प्रचण्ड, माधव, झलनाथ सबैले नेपाली राजनीतिमा सहकार्य सहमति र एकता बिर्सेकै हो। लोकतन्त्रको सैन्दर्य नबुझेको कम्युनिस्ट नेतृत्वले प्रतिनिधिसभाको संख्या ख्याल गरेर होला फरक मतको सम्मान कम तिरष्कार बढी गरेकै हो। बिस्तारै यो चरित्र कम्युनिस्ट पार्टीको आन्तरिक जीवनमा देखा पर्दै गयो। विधि र पद्धतिलाई कम प्राथमिकतामा राख्‍न थालियो, व्यक्ति हावी हुन थाल्यो। सर्वसत्तावादी चरित्र बलियो भयो। वर्तमानको अष्पस्टताले कहालिलाग्दो भविष्य देखिँदै छ। नेतृत्व त स्वार्थको आहालमा अलमलियो, तर अफसोच घनश्याम भुसाल, झाँक्री र योगेश भट्टराईका आँखा किन ढिला खोलिए? सायद नेपाल कम्युनिस्ट पार्टीमा अब बहुलवादका लागि नयाँ आन्दोलन खाँचो छ।

यथार्थ यही हो, हाम्रो देशमा २००३ सालदेखि बहुलवादका निम्ति लडेको पार्टी कांग्रेस मात्र हो। तत्कालीन एमाले चुपचाप बसेको अवस्थामा पनि कांग्रेसले बहुलवादका निम्ति तत्कालीन माओवादीलाई तयार पारेको थियो। तर, संविधानमा सूचीकृत विचार नेपाल कम्युनिस्ट पार्टीको आदर्श सिद्धान्त बन्‍न सकेन।

अहिले संविधान मिचिनुमा एउटा व्यक्ति ओलीको मात्र दोष होइन। पार्टी फुटेपछी ओली प्रवृत्ति भन्दै सबै दोष उनीमाथि थोपरेर आफू चोखिन खोज्‍ने प्रचण्डलाई ओलीको जग पनि प्रचण्डको जस्तै मार्क्सवादी–लेनिनवादी नै हो भन्‍ने बुझाउन जरुरी छ। मान्छेले सदैव आफ्नो प्रवृत्ति अनुरुपको विचार छान्दछ र सोही विचार बोकेर हिँड्छ। वास्तवमा समग्र कम्युनिस्ट मेनिफेस्टो नै बहुलवादसहितको राजनीतिक स्वतन्त्रताको विपक्षमा छ भने प्रचण्डका लागि ओली मात्र लोकतान्त्रिक किन भैदिनुपर्ने? कि प्रचण्डले भन्‍न सक्नुपर्‍यो, हाम्रो कम्युनिस्ट पार्टी हो, तर लोकतन्त्रका सबै विचार हाम्रा आधारभूत विचार हुन्। मांशाहारी प्रचण्डलाई लोकतन्त्रका सबै आयाम चित्तबुझ्‍ने कुरै भएन।

साँच्चै कम्युनिस्टहरु लोकतन्त्रका पक्षपाति हुन् भने अब लोकतन्त्रका लागि लडिरहेका छौं भनी दाबी गर्ने रामकुमारीहरुले ओलीको वैचारिक रुझानलाई तोड्न सक्नुपर्छ। बहुलवादसहितको राजनीतिक स्वतन्त्रताको पक्षमा उभिने आँट गर्नुपर्छ। लोकतान्त्रिक संस्कृतिलाई जीवन्त बनाउनुपर्छ। शक्ति र सत्ता आफ्नो अनुकूल या प्रतिकूल जे भए पनि छ्ट्पटाउन छोड्न सक्नुपर्छ। सत्ताबाट हट्नेबित्तिकै छट्पटाउने प्रवृत्ति नेतृत्वलाई कदापि शोभा दिँदैन। शक्तिशाली भएपछि आज ओली निरंकुश बन्‍ने कोसिस गर्दैछन् भने वैचारिक धरातलमा समान भएका झाँक्रीजस्ता नेता भोलि सत्ता र शक्तिमा पुगेपछि सोही पथमा नलाग्लान् भन्‍न कहाँ सकिन्छ र? आजका झाँक्रीहरु ओली र प्रचण्ड भन्दा फरक बन्‍न सके समाधान होला नत्र त पात्र फेरिने हो प्रवृत्ति त उस्तै नै हो।

विचार / अन्तर्वार्ता राजनीति

लोकतन्त्रको महत्त्व नबुझेको पुस्ता र कम्युनिस्ट राज

प्रकाशित: बिहिबार, फागुन १३, २०७७ १०:११
  • अहिलेको हाम्रो पुस्ता लोकतन्त्रमै हुर्केको भएर होला आफूसँग भएको स्वतन्त्रताको मूल्य र त्यसको महत्त्वबारे एक हिसाबले अनभिज्ञजस्तै रह्यो।
  • भ्रष्टाचार, कुशासन र अधिनायकवादउन्मुख ठूल्ठूला राजनीतिक अपराधहरुका बग्रेल्ती घटनाक्रमहरुले एउटा सकारात्मक सोच राख्ने आशावादी युवालाई चरम निराशामा पुर्‍याइसकेको छ।
  • शक्तिशाली भएपछि आज ओली निरंकुश बन्‍ने कोसिस गर्दैछन् भने वैचारिक धरातलमा समान भएका झाँक्रीजस्ता नेता भोलि सत्ता र शक्तिमा पुगेपछि सोही पथमा नलाग्लान् भन्‍न कहाँ सकिन्छ र?

सिफारिस