भारतले गरिबी निवारणमा चीनले जस्तो सफलता किन पाएन?

तपाईं कुनै पनि कोणबाट हेर्नुस्, चिनियाँ राष्ट्रपतिको एक घोषणाले देशका सारा गरिबी उन्मूलन हुन पुग्यो। कुनै समय त्यो देश संसारकै सबैभन्दा गरिब थियो। र, चीनसँग भारतका गरिबको संख्या मिलाउँदा सबैभन्दा ठूलो हिस्सा निस्कन्थ्यो। 

तर, अहिले चीनको प्रतिव्यक्ति आय विश्‍वको औसत (क्रय शक्ति समानता तथा पीपीपीको अनुसार) बराबर भइसकेको छ। र, उसले त्यहाँका ८५ करोड गरिबलाई अभावबाट मुक्त गर्ने दाबीसमेत गरेको छ।

कतिपय सवालमा चीनले अघि सारेको आँकडामा आशंका पनि गरिन्छ। विश्‍व बैंकले प्रस्ताव गरेको गरिबी स्तरको आँकडालाई चीनले आफ्नै ढंगमा प्रयोग गर्छ, जबकि उसले मध्यआययुक्त देशका लागि प्रस्तावित आँकडा प्रयोग गर्नुपर्थ्यो। तर, यही आधारमा हेर्दा पनि देशमा गरिबको संख्या २० मा एकको हाराहारीमा रहने छ। भारतका लागि, यस्तो आँकडा कुल जनसंख्याको अधिकतममा आधा हुनेछ न्यूनतममा हरेक १० मा एकबराबर।

अहिले चीनको प्रतिव्यक्ति आयको आँकडा (पीपीपी डलरको हिसाबमा) भारतको भन्दा २.७ प्रतिशत बढी छ। यो खाडल केही समयअघि पुरिँदै गएको थियो र भारतले संसारकै सबैभन्दा तीव्र वृद्धि गर्ने विशाल अर्थतन्त्रका रूपमा चीनलाई पछाडि पार्न थालेको थियो। तर, कोरोना महामारीको वर्षभन्दा अघिल्लो वर्षदेखि नै भारत कमजोर हुँदै गयो, उता चीनले भने वृद्धि जारी राख्यो।

भारतले चीनको तुलनामा निकै विनम्रतासँग दाबी गर्न सक्नेछ, अब यो त्यस्तै देश होइन जहाँ गरिबको संख्या सबैभन्दा धेरै छ। अहिले यो दर्जा नाइजेरियाले पाएको छ र दोस्रो नम्बरमा कंगो परेको छ। वास्तवमा कोरोना प्रकोप (यसले भारतमा गरिबको संख्या सायद बढाइदिएको छ) नभइदिएको भए, भारतले गरिबी उन्मूलनको संयुक्त राष्ट्र संघको लक्ष्य २०३० सम्ममा सफलताको बाटोमा हिँडिरहेको हुन्थ्यो।

निरन्तर भन्दै आइएको छ, ४० वर्षअघि चीनको विकास र आम्दानीको सन्दर्भमा तुलनात्मक रूपमा आँकडा भारतकै हाराहारीमा थियो। अहिले चीनको प्रतिव्यक्ति आयको आँकडा (पीपीपी डलरको हिसाबमा) भारतको भन्दा २.७ प्रतिशत बढी छ। यो खाडल केही समयअघि पुरिँदै गएको थियो र भारतले संसारकै सबैभन्दा तीव्र वृद्धि गर्ने विशाल अर्थतन्त्रका रूपमा चीनलाई पछाडि पार्न थालेको थियो। तर, कोरोना महामारीको वर्षभन्दा अघिल्लो वर्षदेखि नै भारत कमजोर हुँदै गयो, उता चीनले भने वृद्धि जारी राख्यो।

विभिन्‍न सन्दर्भमा हेर्दा चीन अहिले भारतभन्दा १०-१५ वर्ष अघि छ। भारतको हालको प्रतिव्यक्ति आयको स्तर चीनले १५ वर्षअघि नै प्राप्त गरिसकेको थियो। यसैगरी मानव विकास सूचकांक (आय, स्वास्थ्य तथा शिक्षाको स्तर)मा पनि चीन भारतभन्दा त्यति नै अगाडि छ। महत्वपूर्ण कुरा त के छ भने, संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यको सूचकांकमा पनि चीनको बराबरीमा पुग्‍न भारले आगामी एक दशकमा पनि सक्ने अवस्था छैन।

चीनसँगको यस्तो तुलनाले भारतलाई मात्र होइन, अरुलाई पनि कमजोर साबित गर्छ। भारत प्रगति गरिरहेको छ, मानव विकास सूचकांकमा निरन्तर सुधार आइरहेको छ। साथै, न्यूनतम आवश्यकता सूचकांक (पानी, बिजुली, सरसफाइ, आवास आदि)बारेको नयाँ तथ्यांकको दृश्यमा पनि भारतले सुधार गर्दै अघि बढेको देखिन्छ।

भारतका लागि प्रगतिको तीव्रतामा आएको गिरावटमात्रै चिन्ताको विषय होइन, भारत अन्य देशहरूको भन्दा छिटो अघि बढ्ने कार्यमा पनि सुस्त हुन पुगेको छ। भारत आर्थिक वृद्धि र विकासको सन्दर्भमा पनि चीनसँग बराबरी गर्न नसक्ने स्थितिमा छ।

कतिपय सवालमा कि त सकारात्मक छवि मात्रै अघि सारिएको हुन्छ कि त तथ्यांकको अभाव हुन्छ, यस्तो अवस्थामा सही तस्बिर खिच्‍न कठिन पर्छ। यही कारण व्यक्तिगत उपभोग सर्वे (२०१७-१८)को आँकडामा रोक लगाइएको छ, किनकि यो विश्‍वसनीय छैन। तर, जुन र जस्तो आँकडा बाहिर आएको छ, त्यो विगत ६ वर्षको तुलनामा निकै चिन्ताजनक छ। रोजगारीको विश्‍वसनीय आँकडा पनि त्यसबखत पाउन कठिन थियो, जबसम्म सेन्टर फर मोनिटरिङले नियमित तथ्यांक जारी गर्न थालेको थिएन। र, त्यसको आँकडाले महामारीभन्दा अघिदेखि नै रोजगारीको दरमा गिरावट आएको देखाएको थियो।

उदाहरणका लागि, दिगो विकास लक्ष्यलाई लिन सकिन्छ। यसमा २०१८ मा ११२औं स्थानमा रहेको भारत २०१९ मा तल झरेर ११७औं बन्‍न पुग्यो। तथापि, पूर्ण सूचकांकमा भने सुधार देखिन्छ। बंगलादेश, नेपाल, म्यान्मार तथा कम्बोडियाजस्ता देशले समेत भारतलाई पछाडि पारेका छन्। 

निश्‍चित रूपमा भारतले यी देशको भन्दा राम्रो गर्नुपर्थ्यो। उसले गरिबको संख्याको मामिलामा कंगो र नाइजेरियालाई पछाडि छाडिदिएको छ। खुसीको कुरा त के छ भने, दुई त्रैमासिकमा आर्थिक वृद्धिमा गिरावटपछि पुनः वृद्धिको बाटोमा हिँड्न थालेको छ। आगामी वर्ष यसको गति अझै बढ्ने अपेक्षा गरिएको छ।

(लेखक नायनन बिजनेस स्ट्यान्डर्ड प्रालिका अध्यक्ष हुन्)

विचार / अन्तर्वार्ता अन्तर्राष्ट्रिय

भारतले गरिबी निवारणमा चीनले जस्तो सफलता किन पाएन?

प्रकाशित: आईतबार, फागुन १६, २०७७ १३:२२
  • ४० वर्षअघि चीनको विकास र आम्दानीको सन्दर्भमा तुलनात्मक रूपमा आँकडा भारतकै हाराहारीमा थियो। अहिले चीनको प्रतिव्यक्ति आयको आँकडा भारतको भन्दा २.७ प्रतिशत बढी छ।
  • कोरोना महामारीको वर्षभन्दा अघिल्लो वर्षदेखि नै भारत कमजोर हुँदै गयो, उता चीनले भने वृद्धि जारी राख्यो। विभिन्‍न सन्दर्भमा हेर्दा चीन अहिले भारतभन्दा १०-१५ वर्ष अघि छ। 
  • दिगो विकास लक्ष्यमा २०१८ मा ११२औं स्थानमा रहेको भारत २०१९ मा तल झरेर ११७औं बन्‍न पुग्यो। तथापि, पूर्ण सूचकांकमा भने सुधार देखिन्छ।

सिफारिस